महिलाको हातमा सीप, आत्मनिर्भरताको नयाँ बाटोः कमला न्यौपानेको सीप सिकाउँदै अवसर सिर्जना गर्ने सफल यात्रा
सुन्दरहरैँचा । शिव भट्टराई भोजपुरे । असोज २१ गते मोरङको सुन्दरहरैँचा–३, गछिया निवासी कमला न्यौपाने (दाहाल) आज आफूले सिकेको सीपमा मात्र सीमित हुनुहुन्न। सीपलाई अवसरमा बदल्दै सफल व्यावसायिक यात्रा तय गर्नुभएकी न्यौपाने अहिले देशका विभिन्न स्थानमा पुगेर महिलालाई सीप सिकाउँदै आत्मनिर्भरता र स्वरोजगारको बाटो देखाउने अभियानमा सक्रिय हुनुहुन्छ। CTEVT बाट सम्बन्धन प्राप्त मनकामना स्किल डेभलपमेन्ट…
पञ्चायत माध्यमिक विद्यालयको नवनिर्मित दुई तले १६ कोठे भवन उद्घाटन
विराटचोक । शिव भट्टराई भोजपुरे । असोज २१ गते मोरङको सुन्दरहरैँचा–७, गोठगाउँ स्थित श्री पञ्चायत माध्यमिक विद्यालयको नवनिर्मित दुई तले १६ कोठे भवनको मंगलबार उद्घाटन गरिएको छ। नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारतीय राजदूतावासको ८० प्रतिशत र सुन्दरहरैँचा नगरपालिकाको २० प्रतिशत साझेदारीमा निर्माण भएको भवनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, भारतीय राजदूतावास काठमाडौंका प्रथम सचिव नारायण…
दशैँको सांस्कृतिक रौनकसँगै सिदार्थ सेकेन्डरी स्कुलमा सांगितिक प्रस्तुतिले गुन्जियो विद्यालय
सुन्दरहरैँचा । असोज १९ गते मोरङको सुन्दरहरैँचा–१०, खोर्सानेस्थित सिद्धार्थ सेकेण्डरी स्कुलले नेपालीहरूको महान् पर्व बडादशैँको अवसर पारेर ‘दशैं म्युजिकल फेष्टिबल’ को आयोजना गरेको छ। दशैँको सांस्कृतिक महत्व, मौलिक परम्परा र पर्वको उत्साहलाई विद्यार्थीमाझ जोड्ने उद्देश्यले विद्यालयले आज सांगीतिक कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न बाजागाजासहित गीत तथा सांगीतिक प्रस्तुति दिएका छन्। विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता…
कोइराला’ परिवारका नेताहरूको डा. सुनील शर्मालाई समर्थन र आशीर्वाद
असोज १९ गते/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. सुनील शर्मालाई कोइराला परिवारका नेताहरूको समर्थन र आशीर्वाद प्राप्त भएको छ। कांग्रेसका नेता डा. शेखर कोइराला, नेतृ सुजाता कोइराला र डा. शशांक कोइरालाले महामन्त्री पदको उम्मेदवारीमा डा. शर्मालाई समर्थन गर्दै साथ र आशीर्वाद दिएका छन्। नेतृ सुजाता कोइराला आइतबार डा. शर्माको सचिवालयमा पुगेर भेटघाट…




